मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सामान्य बिरामीलाई इमर्जेन्सीमा उपचार गरी `स्वास्थ्य बीमा´ दाबी गरे कारबाही, भुक्तानी नहुने

सामान्य बिरामीलाई इमर्जेन्सीमा उपचार गरी `स्वास्थ्य बीमा´ दाबी गरे कारबाही, भुक्तानी नहुने

images
२०८३ जेठ १९ गते, मंगलवार
२०८३ जेठ १९ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डले निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आकस्मिक (इमर्जेन्सी) उपचार आवश्यक पर्ने बिरामीलाई मात्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा दिन निर्देशन दिएको छ।

    images

    बोर्डले सोमबार निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सचेत गराउँदै जारी गरेको पत्रमा सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा देखाई उपचार गरी स्वास्थ्य बीमा दाबी पेस गरिएमा भुक्तानी उपलब्ध नगराइने चेतावनी दिएको हो। त्यस्ता दाबीहरू उपर प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको पनि बोर्डले दिएको छ। सो बारे जेठ १२ गते प्रेषित पत्रमा अवगत गराइसकिएको बोर्डले उल्लेख गरेको छ।

    images

    कडा निर्देशन सहितको जारी पत्रमा बिरामीलाई आकस्मिक उपचार आवश्यक पर्ने देखिएमा मात्र बीमाद्वारा प्रदान गरिने सेवा प्रदान गर्न भनिएको छ। त्यस्ता बिरामीलाई भर्ना वा शल्यक्रियासमेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरि डिस्चार्ज गर्न सकिने पत्रमा भनिएको छ।

    बोर्डले स्वास्थ्य सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न सेवाग्राहीलाई आग्रह पनि गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend