मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

images
२०८३ जेठ १९ गते, मंगलवार
२०८३ जेठ १९ गते, मंगलवार
  • वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। नागरिकता लिखतसम्बन्धी कसुरमा प्रहरीले उनलाई ठोरीबाट पक्राउ गरेको हो।

    images

    पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई ठोरीबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् पर्सा प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए। उनी ठोरीको एक रिसोर्टमा थिए।

    images

    पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी मुद्दामा ८ जेठमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।  नागरिकता लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पनि अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह भोलिपल्टै बुधवार बिहान स्वेच्छाले पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसबखत सञ्चारमाध्यममार्फत आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि उनले न्यायिक प्रक्रियामा सहयोग गर्न अदालतमा उपस्थित भएको बताएका थिए।

    तर, मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसक्ने जानकारी अदालत प्रशासनबाट पाएपछि उनी फर्किएका थिए। सार्वजनिक बिदा सकिएपछि पुनः अदालतमा उपस्थित हुने जानकारी उनले अदालत समक्ष गराएको दाबी गर्दै आएका थिए।

    अदालतले मेयर सिंहसहित उनकी कान्छी श्रीमती तथा सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

    मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरीका रूपमा देखाएर फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोपमा लिखत किर्ते सम्बन्धी मुद्दा दायर भएको थियो। यद्यपि मेयर सिंहले रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन्।

    सरकारी वकिलको कार्यालयका अनुसार वीरगञ्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते सम्बन्धी उजुरी दिएका थिए।

    सोही उजुरीका आधारमा चार वटा मुद्दा दायर भएकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend