मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संविधान संसोधनका लागि आयो सबैभन्दा बढी सुझाव सामाजिक संजालबाट

संविधान संसोधनका लागि आयो सबैभन्दा बढी सुझाव सामाजिक संजालबाट

images
२०८३ जेठ १८ गते, सोमवार
२०८३ जेठ १८ गते, सोमवार
  • काठमाडौँ। संविधान संशोधनका विषयमा नागरिकस्तरबाट ४४ हजार ६१३ सुझाव प्राप्त भएको छ।

    images

    संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त भएको जनाएको हो।

    images

    कार्यदलको सचिवालयले गत जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो।

    सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव पठाएका हुन्। जसअनुसार १९ हजार २३९ सुझाव इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएको कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले जानकारी दिए। 

    कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो।

    कार्यकारी राष्ट्रपति, सङ्घीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्यसचिव सुवेदीले जानकारी दिए। उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend