मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीले भने : भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको रहेछ

प्रधानमन्त्रीले भने : भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको रहेछ

images
२०८३ जेठ १७ गते, आइतवार
२०८३ जेठ १७ गते, आइतवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन्।

    images

    आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि सो कुरा जानकारी भएको बताए।

    images

    `माननीय सदस्य ज्युहरु एउटा कुरा भनौं, भारतले नेपालको जग्गा मिचेको मात्र होइन कतकतै नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ।´ प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने।

    प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीबाट लिपुलेक, लिम्पियाधुराको विषयमा उठाइएको प्रश्नमा प्रधानमन्त्री शाहले दुई पक्षीय अध्ययन र बैठकबाट सिमाको विषय समाधान गर्ने विषयमा कुराकानी भइरहेको पनि जानकारी गराए।

    उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा कूटनीतिक संवादमार्फत समाधान गर्ने र त्यसमा बेलायताको पनि राय सुझाव लिने गरेर तयारी गरिएको उनले जवाफ दिएका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend