मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वर्षमा ५ लाख भारतीयलाई कोरला हुँदै मानसरोवर पुर्याउन सकिन्छ : दाहाल

वर्षमा ५ लाख भारतीयलाई कोरला हुँदै मानसरोवर पुर्याउन सकिन्छ : दाहाल

images
२०८३ जेठ १२ गते, मंगलवार
२०८३ जेठ १२ गते, मंगलवार
  • काठमाडौँ। पर्यटन ब्यवसायी लिलावल्लभ दाहाल `काका´ ले ५ लाख भारतीय नागरिकलाई नेपालको कोरला नाकाको बाटो हुँदै कैलाश मानसरोवर पुर्याउन सकिने बताएका छन्।

    images

    अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित `आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा´ विषयक अन्तर्किया कार्यक्रममा दाहालले अहिले एक वर्षमा २५ हजार भारतीय नागरिक नेपालको बाटो हुँदै मानसरोवर पुग्दै आएको बताए।

    images

    दाहालले नेपालको कोरला नाका खोलेर सोही नाका हुँदै एक वर्षमा ५ लाख भारतीय नागरिकलाई मानसरोवर पुर्याउन सकिने बताएका हुन्।

    `अहिले २५ हजार भारतीय नागरिक नेपालहुँदै मानसरोवर  पुग्दै आएका छन्, कोरला नाका खोलेर सोही नाका हुँदै एक वर्षमा ५ लाख भारतीय नागरिकलाई मानसरोवर पुर्याउन सकिन्छ, तर भारत लिपुलेक खोल्न चाहन्छ।´ उनले भने।

    उनले हाल मानसरोवर जाने भारतीय नागरिकहरु मार्फत वार्षिक ७ अर्बको कारोबार हुँदै आइरहेकोमा ५ लाख पर्यटकलाई मानसरोवर पुर्याउँदा १ खर्ब ३५ अर्बको कारोबार हुनेसमेत बताए।

    दाहालले २०७२ सालको भुइचालोपछि नेपालको पर्यटन क्षेत्रले मार भोग्दै आएको बताउँदै कोरोना महामारी, डेंगु महामारी हुँदै केही समयअघि भएको जेन-जी आन्दोलनका कारण समेत नेपालको पर्यटन ब्यवसायले असहज अवस्था भोग्नु परेको उल्लेख गरे।

    उनले पर्यटन क्षेत्र घाटाका कारण धराशायी बन्दा बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेर धेरै ब्यवसायी ब्यवसाय छाडेर पलायन भएको गुनासो समेत गरे।

    `ब्यवसायीहरुले कालोसूचीमा परेकाले बैंकको ऋण त तिर्न सकेनन्, राज्यको करसमेत तिर्न सकेका छैनन्, ब्यवसायीलाई राज्यले भ्याट, टिडीएस र पेनाल्टी छुट दिने हो भने ब्यवसायीहरु पलायन हुने अवस्था रहन्न, नाफामा मात्र होइन घाटामा र असहज अवस्थामा पनि ब्यवसायीलाई साथ दिनु पर्छ।´ दाहालले अगाडि भने।

    उनले देशमा मझौला ब्यवसायीले समस्या भोग्दै आएको बताउँदै मझौला ब्यवसाय जनताको चुलो जोड्ने ब्यवसाय भएको र ठुला ब्यवसाय मझौला ब्यवसायीले गर्दा नै चलेको पनि जिकिर गरे। दाहालले सरकारले भ्याटको दायरा बढाएर दर घटाउने नीति लिए मझौला ब्यवसायीसमेत टिकेर ब्यवसाय संचालन गर्न सक्ने अवस्था रहने दाबी गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend