मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री

गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री

images
२०८३ जेठ १२ गते, मंगलवार
२०८३ जेठ १२ गते, मंगलवार
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाडौँस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै छन्।

    images

    प्रधानमन्त्री शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो। 

    images

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने छ। 

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend