काठमाडौँ। नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले क्यान्सर रोगका बिरामीले अभावका कारण कार्बोप्लाटीन र सीस्प्लाटीन औषधि नपाएको अवस्थामा आफुलाई फोन सम्पर्क गर्न आग्रह गरेका छन्।
केहि समय देखी कार्बोप्लाटीन र सीस्प्लाटीन अभाव भएर सहज रुपमा उक्त औषधि नपाएका क्यान्सर रोगका बिरामीका आफन्तलाई आचार्यले सम्पर्कमा आउन आग्रह गरेका हुन्।
संघले औषधि ब्यवस्था विभागसँग समन्वय गरेर औषधिको अभाव हुन नदिने गरि आवश्यक सहकार्य र समन्वय गरिरहेको छ।
सोही सम्बन्धमा आचार्यले सामाजिक संजाल फेसबुकबाट आफ्नो मोबाइल नम्बर समेत सार्वजनिक गर्दै डाक्टरको पुर्जा लिएर ९८०१९१८५६६ मा सम्पर्क गर्न बिरामीका आफन्तलाई आग्रह गरेका हुन्। काठमाडौं उपत्यका बाहिरका हकमा अस्पतालले माग गरे बमोजिम सहजीकरण गरिने उनले उल्लेख गरेका छन्।



