काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रले नि:शुल्क डीजीटल हेल्थ कार्यशाला संचालन गर्न लागेको छ।
कार्यशालामार्फत केन्द्रले सहभागीहरूलाई डिजिटल स्वास्थ्य प्रविधि, स्वास्थ्य डेटा प्रणाली तथा आधुनिक स्वास्थ्य नवप्रवर्तन सम्बन्धी वास्तविक अनुभव प्रदान गर्ने केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए।
केन्द्रले सो एक दिने कार्यशालामा भाग लिन चाहनेले केन्द्रको वेबसाइट मार्फत अनलाइन फाराम भरेर सहभागिता सुनिश्चित गर्नु पर्ने जनाएको छ।
कार्यशालामर्फत अन्तरक्रियात्मक तथा व्यावहारिक सिकाइको अनुभव प्राप्त गर्न सकिने पुनले बतए।
कर्यशाला मार्फत डिजिटल हेल्थको परिचय, प्रयोगात्मक तथा ह्यान्ड्स-अन अभ्यास, स्वास्थ्य प्रविधि तथा नवप्रवर्तन, डिजिटल स्वास्थ्य डकुमेन्टेसन तथा प्रणाली, डीजीटल स्वास्थ्य क्षेत्रमा भविष्यका अवसरहरूका बारे जानकारी प्रदान गरिनेछ।
कार्यशाला जेठ २४ गते विहान ९ देखि ५ बजेसम्म आयोजना हुनेछ।



