मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

किस्ट अस्पतालमा क्यान्सर उपचार, मेदान्ता गुरुग्रामसँग सहकार्य

किस्ट अस्पतालमा क्यान्सर उपचार, मेदान्ता गुरुग्रामसँग सहकार्य

images
२०८३ जेठ ८ गते, शुक्रवार
२०८३ जेठ ८ गते, शुक्रवार
  • ललितपुर। ललितपुरको ग्वार्कोमा रहेको किस्ट शिक्षण अस्पतालले क्यान्सर उपचार सेवामा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत उपचार सेवा प्रवाह गरिरहेको जनाएको छ।

    images

    सो अस्पतालले अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा क्यान्सर सम्बन्धि उपचार सेवा सञ्चालन भइरहेको जनाएको हो। अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व विभागीय प्रमुख डा. विष्णु दत्त पौडेलले गर्दै आइरहेका छन्।

    images

    अस्पतालका अनुसार क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य अनुभवी चिकित्सकहरूको सशक्त टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने विभिन्न प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ।

    किस्ट क्यान्सर केन्द्रले मेदान्ता गुरुग्राम सँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि–परामर्श सेवा समेत सञ्चालन गरिरहेको जनाएको छ। अस्पतालका अनुसार यस सहकार्यले नेपाली क्यान्सर बिरामीलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन सहयोग पुगेको छ।

    यसैबीच, डा. सत्य पाल कटारिया विशेष अतिथि वक्ताका रूपमा सहभागी भएको कार्यक्रममा दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सम्पन्न गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट सहभागी वरिष्ठ चिकित्सक तथा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गरिएको अस्पतालले जनाएको छ।

    अस्पतालले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै आधुनिक प्रविधिमार्फत नेपालमै गुणस्तरीय क्यान्सर उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend