काठमाडौँ। विभिन्न आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाले आवेदन दिएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार आठ वटा विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग भएकोमा कुल २१८ जनाको आवेदन परेको हो।
विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्वन्धी एकीकृत कार्यविधि २०८३ अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले वैशाख २५ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ।
यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८ जना, पोखरा विश्वविद्यालयका लागि ३८ जना, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जना, मध्यपश्चिम विश्वविद्यालयका लागि २० जनाको आवेदन परेको बुधबार शिक्षा मन्त्रालयद्वारा जारी सुचनामा जनाइएको छ।
शिक्षा मन्त्रालयका अनुसार लुम्बिनी वौद्य विश्वविद्यालयका लागि ११ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ जना र राजर्षिजनक विश्वविद्यालयका लागि २७ जनाको आवेदन परेको छ।




