मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्री मेहता र भारतीय समकक्षीबिच भेटवार्ता

स्वास्थ्य मन्त्री मेहता र भारतीय समकक्षीबिच भेटवार्ता

images
२०८३ जेठ ६ गते, बुधवार
२०८३ जेठ ६ गते, बुधवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतीय समकक्षी जेपी नड्डाबिच द्विपक्षीय भेटवार्ता भएको छ।

    images

    स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा मन्त्री मेहता र भारतीय समकक्षी नड्डाबिच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

    images

    उनका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ।

    भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्यालसमेत सहभागी थिइन्। स्वास्थ्यमन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेठ ३ गते जेनेभा प्रस्थान गरेकी थिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend