मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चितवनमा १३ जनामा औंलो

चितवनमा १३ जनामा औंलो

images
२०८३ जेठ ६ गते, बुधवार
२०८३ जेठ ६ गते, बुधवार
  • चितवन। चितवनमा यो वर्ष १३ जनामा औलो (मलेरिया) रोग पुष्टि भएको छ। सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षण गर्दा चालू आर्थिक वर्षमा सो संख्यामा सङ्क्रमण पुष्टि भएकोे हो।

    images

    जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमण देखिने सबै जना बिरामी वैदेशिक रोजगारीबाट फर्किएका ब्यक्ति हुन्।

    images

    एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने चिकित्सक बताउँछन्। यो रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। 

    नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीविहरु पाईने गर्दछ। प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन्। नेपालमा ती मध्ये भाइभेक्स जातको परजीवि बढी देखिने गर्दछ।

    फाल्सिपारम जातको परजीवि औलो रोगका संक्रमित मध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ। जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने किट नियन्त्रक केसीले बताए।

    भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ। विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए।

    औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ। यो रोगबाट बच्न घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend