मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पहिलो दिनमै समस्याग्रस्त सहकारीबाट ३ सय ७८ जनाले पाए बचत फिर्ता

पहिलो दिनमै समस्याग्रस्त सहकारीबाट ३ सय ७८ जनाले पाए बचत फिर्ता

images
२०८३ जेठ ४ गते, सोमवार
२०८३ जेठ ४ गते, सोमवार
  • काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। 

    images

    सोमबार पहिलो दिन नै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिले ऋण असुली र बचत फिर्ता सँगसँगै अघि बढाउने नीति लिएको छ।

    images

    यसरी पहिलो दिन वचत रकम फिर्ता हुनेमा कान्तिपुर सहकारीका २ सय १५ जना वचत कर्ता छन्। यस्तै, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएको समितिले जनाएको छ।

    समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गर्दै फिर्ता गरिने छ।

    समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। 

    पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन्।

    उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋण फिर्ता गर्न लागेका छन्।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड भन्दा बढी ऋण फिर्ता गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend