मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय फिर्ता

गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय फिर्ता

images
२०८३ जेठ ४ गते, सोमवार
२०८३ जेठ ४ गते, सोमवार
  • काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले नेपालबाट विदेशिएका ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय फिर्ता (दर्ता किताबमा कायम) गरेको छ।

    images

    तत्कालिन रजिष्टार डा. सतिश साहले दुई चरणमा गरि ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने (दर्ता किताबबाट हटाउने) निर्णय गरेका थिए। सो निर्णयको एनआरएनएले समेत चर्को विरोध गर्दै निर्णय सच्याउन आग्रह गरेको थियो।

    images

    काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो।

    नाम हटाउने निर्णय लिएका तत्कालिन रजिष्टार डा. शाह हाल बर्खास्त भइसकेका छन्। उनको बर्खास्तीपछि काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. दीपेन्द्र पाण्डेले पाएका छन्। उनले जिम्मेवारी सम्हालेपछि यसअघिको सो निर्णय स्थगित गरेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend