मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसले संसदमा परिणाम खोज्छ : आङ्दाम्बे

कांग्रेसले संसदमा परिणाम खोज्छ : आङ्दाम्बे

images
२०८३ जेठ २ गते, शनिवार
२०८३ जेठ २ गते, शनिवार
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्म राज आङ्दाम्बेले कांग्रेसले संसदमा बिरोधका लागि मात्रै विरोध नगर्ने बताएका छन्।

    images

    नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै नेता आङ्दाम्बेले कांग्रेसले विगतको जस्तो विरोधका लागि मात्र विरोध नगर्ने बताए।

    images

    `हामी परिणाम खोज्छौं, विरोधका निम्ति विरोध गर्दैनौं, परिणामको बाटो सरकारले तय गर्नु पर्छ, वर्ष दिनको नीति तथा कार्यक्रममा त्यस्तो देखिएन।´ आङ्दाम्बेले भने।

    उनले नीति तथा कार्यक्रम ठट्टा को विषय नभएको भन्दै संसदमा पर्याप्त छलफल नहुनु दु:खद भएको बताए।

    `नीति तथा कार्यक्रम ठट्टाको विषय होइन, संसदमा जति छलफल हुनु पर्ने थियो भएन, परम्परा तोडियो, ६ घण्टामा छलफल सकियो।´ उनले भने।

    नेता आङ्दाम्बेले अब वजेटको तयारी भइरहेको उल्लेख गर्दै वजेट कसरी आउँछ भन्ने आफुले हेरिरहेको पनि उल्लेख गरे।

    आङ्दाम्बेले मोबाइल ब्यवसायीहरु अवैध मोबाइलबाट आजित भइरहेको अवस्था रहेकाले सरकारले अवैध कारोबारलाई रोक्न आवश्यक रणनीति बनाउनु पर्ने र ब्यवसायीको सुरक्षालाई ध्यान दिनु पर्ने उल्लेख गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend