काठमाडौँ। नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठ मनोनित भएका छन्।
शुक्रबार कांग्रेस सभापति गगनकुमार थापाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन नियुक्त गरेको
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरिएको दुलालले जानकारी दिएका हुन्।
उनै श्रेष्ठ यसअघि शेरबहादुर देउवा कांग्रेसको सभापति हुँदा पनि काेषाध्यक्ष थिए।



