मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रालयबाट जनसंख्या हट्यो, खाद्य सुरक्षा थपियो

स्वास्थ्य मन्त्रालयबाट जनसंख्या हट्यो, खाद्य सुरक्षा थपियो

images
२०८३ बैशाख ३० गते, बुधवार
२०८३ बैशाख ३० गते, बुधवार
  • काठमाडौँ। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरेर स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाएको छ।

    images

    बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाएको थियो भने केही मन्त्रालयलाई पुनर्गठन गर्ने निर्णय गरेको थियो। यसरी मन्त्राल पुनर्गठन गर्दा स्वास्थ्य मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाइएको हो। यो नाम कायम हुँदा जनसंख्या हटेको छ।

    images

    मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय राखेको हो।

    सरकारले जारी गरेको 'शासकीय सुधारसम्बन्धी १०० कार्यसूची' अन्तर्गत सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित 'पुनर्संरचना व्यवस्थापन सचिवालय' ले बुझाएको प्रतिवेदनका आधारमा यो पुनर्संरचना गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिए।

    यसै गरी स्वास्थ्य सहित अन्य सात मन्त्रालय पनि पुनर्गठित भएका छन्। सरकारले पुनर्गठन गरेका मन्त्रालयहरुमा शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend