काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ।
आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य सेवा गुणस्तर बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने उल्लेख गरेका हुन्।
पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको छ। सरकारले यो गुनासोलाई नीति तथा कार्यक्रममा सम्बोधन गरेको हो।



