काठमाडौँ। सरकारले छात्रवृत्तिका लागि प्रदान गरिने रकम अब सिधै बैंक खातामा जम्मा गर्ने भएको छ।
आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ।
यसअघि छात्रवृत्ति वाओअत दिइने रकम नगद वितरण गर्दै आइएको थियो। सरकारले नीति तथा कार्यक्रममार्फत यो ब्यवस्थालाई डिजिटल बनाउने नीति लिएको हो।



