मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वैशाख २८ देखि 'सरसफाइ सप्ताह´ सुरु हुँदै, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

वैशाख २८ देखि 'सरसफाइ सप्ताह´ सुरु हुँदै, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

images
२०८३ बैशाख २७ गते, आइतवार
२०८३ बैशाख २७ गते, आइतवार
  • काठमाडौँ। सरकारले आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने तयारी गरेको छ।

    images

    सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। ​अभियानको स्वास्थ्यमन्त्री निशा मेहताले शुभारम्भ गर्ने छिन्। अभियानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन नै जारी गरेको छ।

    images

    मार्गदर्शन अनुसार संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते  बिहान ८:३० बजे वीर अस्पतालबाट हुनेछ।

    यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको "सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३" मा समावेश छ। 

    सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको बताइएको छ।

    "सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ," मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ।

    मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनु पर्ने निर्देशनमा उल्लेख छ।

    यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनु पर्ने भनिएको छ। यस्तै हात धुने स्थानमा साबुन अनिवार्य गर्न भनिएको छ र दैनिक सफाइको अभिलेख राख्न भनिएको छ।

    यसैगरी शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने निर्देशनमा भनिएको छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भनिएको छ।

    यस्तै पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गर्नु पर्ने, साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

    यसैगरी कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्ने, पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ।

    कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनु पर्ने, सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनु पर्ने भनिएको छ।

    ​दिगोपन र अनुगमनको संयन्त्र

    यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक 'सरसफाइ सम्पर्क व्यक्ति'  तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ।

    यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ। जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ। 
    ​यो अभियानले  सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्ने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend