मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भरतपुरमा बिहेभोज खाएका ९३ जना अस्पताल भर्ना

भरतपुरमा बिहेभोज खाएका ९३ जना अस्पताल भर्ना

images
एक्सरे नेपाल
२०८३ बैशाख २७ गते, आइतवार
एक्सरे नेपाल
२०८३ बैशाख २७ गते, आइतवार
  • चितवन। चितवनको भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित एक पार्टी प्यालेसमा विवाह भोज खाएका ९३ जना बिरामी परेका छन्।

    images

    धर्मचोकमा रहेको चौतारी पार्टी प्यालेसमा विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भएर बिरामी हुनेको सङ्ख्या ९३ पुगेको चितवन प्रहरीले जनाएको छ। उनीहरू मध्ये ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्। यो घटना वैशाख २३ गतेको हो।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार भोज खाएकाहरू बिरामी भएपछि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

    केहीलाई उपचारका लागि काठमाडौँ पुर्याइएको छ। काठमाडौँ पुर्याइएकाहरुको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिए।

    ‘हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जनाको उपचार भइरहेको छ, दुई जनाको सघन उपचार कक्षमा उपचारपछि वार्डमा सारिएको छ, बिरामी सबैको अवस्था खतरामुक्त छ’, प्रहरी उपरीक्षक पुरीले भने।

    प्रहरीले यो घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले थप अध्ययन गर्ने उनले जानकारी दिए।

    डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा थप अनुसन्धान गरिने बताए।

    अस्पताल पुर्याइएका बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend