मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरका मसाज सेन्टरमा प्रहरीले `स्वीप अपरेसन´, ७९ जना नियन्त्रणमा

भक्तपुरका मसाज सेन्टरमा प्रहरीले `स्वीप अपरेसन´, ७९ जना नियन्त्रणमा

images
२०८३ बैशाख २७ गते, आइतवार
२०८३ बैशाख २७ गते, आइतवार
  • भक्तपुर। भक्तपुरका मसाज सेन्टरहरुमा प्रहरीले स्वीप अपरेसन चलाएर ७९ जनालाई नियन्त्रणमा लिएको छ।

    images

    जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार भक्तपुरका विभिन्न स्थानमा संचालित मसाज सेन्टरहरुमा छापा मारेको हो।

    images

    भक्तपुर प्रहरीका अनुसार सोक्रममा ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई नियन्त्रणमा लिइएको छ। यसका अतिरिक्त अन्य शंकास्पद गतिविधिमा संलग्न १५ जना गरी कुल ७९ जनालाई प्रहरीले हिरासतमा लिएको जनाएको छ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

    पछिल्लो समय मसाज सेन्टरहरुमा शंकास्पद गतिविधि बढेको गुनासो आएपछि प्रहरीले यो अभियान चलाएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend