मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१३ स्थानीय तह डेङ्गी सङ्क्रमणको जोखिममा

१३ स्थानीय तह डेङ्गी सङ्क्रमणको जोखिममा

images
२०८३ बैशाख २६ गते, शनिवार
२०८३ बैशाख २६ गते, शनिवार
  • काठमाडौँ। सरकारले १३ स्थानीय तहमा डेङ्गी सङ्क्रमणको जोखिम रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ।

    images

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए।

    images

    “हामीले पुस यता सबै स्थानीय तहको डेङ्गी सङ्क्रमणको अवस्थाको अध्ययन गरिरहेका छौँ, अन्य स्थानीय तहमा फाट्टफुट्ट डेङ्गी सङ्क्रमण देखिएका छन्, तर यी १३ स्थानीय तहमा पाँच वटासम्म सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन पत्राचार गरेका छौँ।” शाखा प्रमुख डा. दाहालले भने।

    उनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकेवल गाउँपालिका, सुनसरीको धरान उमहानगरपालिका म्याग्दीको वेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्।

    पुस यता करिव ६ सय जनामा सङ्क्रमण देखिएको उनले जानकारी दिए। शाखा प्रमुख डा. दाहालले अहिले परिरहेको पानीले सङ्क्रमणको अवस्था नबढाउने पनि बताए।

    “अहिलेको पानी डेङ्गी सार्ने लामखुट्टे फैलिने छैन, एकछिन आउने त्यसपछि नआउने खालको छ, त्यसैले अहिलेको पानीमा डेङ्गी सार्ने लामखुट्टे फैलिने सक्दैन, सङ्क्रमणको जोखिम कम छ।´´ उनले भने।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फूल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गी सङ्क्रमण हुने गर्दछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend