मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति

समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति

images
२०८३ बैशाख २६ गते, शनिवार
२०८३ बैशाख २६ गते, शनिवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्।

    images

    मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

    images

    “यसका लागि ज्येष्ठ नागरिकले गरेका काम, कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाँउदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवम् राष्ट्रिय रुपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरुपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भने।

    यसतर्फ दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकारलगायत सबैलाई उनले सुझाव दिए।

    राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतिर उन्मुख हुँदै गएको बताए।

    “युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्, यस्तो स्थितिमा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु”, उनले भने।

    स्वस्थ्यकर सामग्री खानु, लाउनु र आवश्यक परेका अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु ज्येष्ठ नागरिकको हक भएको उनको भनाई थियो। उनीहरूले पनि उस्तै उमेरका वा अरू जोसुकैसित पनि अन्तक्र्रिया गर्ने एवम् सकेसम्म परिवारमै स्थापित भएर जीवनयापन गर्न पाउनुपर्नेमा उनले जोड दिए।

    “सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी तथा पारिवारिक असहिष्णुता एवम् अन्य कारणबाट जीवनका उत्तरार्धमा वरिष्ठ नागरिकका आँखामा आँसु आएका समाचारले जोसुकैको पनि मन द्रवित पार्छ”, राष्ट्रपति पौडेलले भने।

    राष्ट्रपति पौडेलले यो सम्मेलन ज्ञान र सिपको अन्तर्पुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्थाअनुसार अघिल्लो र पछिल्लो पुस्ताको समिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे।

    दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उनको भनाई थियो।

    “नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालासँगै मनमोहनजी र अन्य कतिपय नेताले नेपालको मात्र नभएर भारतकोसमेत स्वाधीनता सङ्ग्राममा उल्लेख्य सहभागिता जनाउनु भएको थियो, त्यही भएर मनमोहनजीलगायतका नेताहरू नेपालमा मात्र नभएर मुलुकबाहिर पनि सम्मानित हुनुहुन्छ”, उनले भने।

    मनमोहन कांग्रेस र कम्युनिष्टबीच सैद्धान्तिक मतभेद भएपनि नेपालमा निरंकुश पञ्चायतको अन्त्य गरेर बहुदलीय प्रजातन्त्र स्थापनाका लागि यी दुई शक्तिबीच सहकार्य आवश्यक छ भन्ने उदारवादी बामपन्थी नेता भएको भन्दै राष्ट्रपति पौडेलले जनमत सङ्ग्रहमा कट्टरपन्थी कम्युनिष्टहरूको आलोचना खेपेर पनि बहुदलीय व्यवस्थाको पक्षमा जननायक बीपी, गणेशमान सिंह, किशुनजीसँंगै मनमोहनजीले पुर्यएको योगदानलाई स्मरण गर्दै उनीप्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्न चाहेको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend