मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आठ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

आठ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

images
२०८३ बैशाख २५ गते, शुक्रवार
२०८३ बैशाख २५ गते, शुक्रवार
  • काठमाडौँ। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ।

    images

    उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो।

    images

    समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

    समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend