काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आज विहान ठिक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
आज बस्ने बैठकले केही महत्त्वपूर्ण निकायमा नियुक्ति गर्ने सम्भावना रहेको बताइन्छ।



