मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानन्यायाधीश नियुक्तिका लागि ५ बजे संवैधानिक परिषद्को बैठक

प्रधानन्यायाधीश नियुक्तिका लागि ५ बजे संवैधानिक परिषद्को बैठक

images
२०८३ बैशाख २४ गते, बिहिवार
२०८३ बैशाख २४ गते, बिहिवार
  • काठमाडौँ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै छ।

    images

    संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबार (आज) का लागि बैठक आह्वान गरिसकेको छ।

    images

    प्रधानमन्त्री शाहका प्रेस विज्ञ दिपा दाहालले आज अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जानकारी दिइन्।

    संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठकको मुख्य कार्यसूची 'प्रधानन्यायाधीशको नियुक्ति सिफारिस' रहेको छ।

    बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend