मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राधास्वामी आश्रममा रहेका भूमिहीन ४ जनामा मोतीविन्दुको समस्या, शल्यक्रिया हुने

राधास्वामी आश्रममा रहेका भूमिहीन ४ जनामा मोतीविन्दुको समस्या, शल्यक्रिया हुने

images
२०८३ बैशाख २३ गते, बुधवार
२०८३ बैशाख २३ गते, बुधवार
  • काठमाडौँ। राधास्वामी आश्रममा रहेका मध्ये ४ जनाको तत्काल मोतीविन्दुको शल्यक्रिया हुने भएको छ।

    images

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी.लाई राधास्वामी आश्रममा रहेका भूमिहीन चार जनामा मोतीविन्दुको समस्या देखिएको भन्दै तत्काल शल्यक्रिया गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

    images

    वैशाख २० गते आँखा परीक्षण तथा उपचार शिविरमा जाँच गराइएका मध्ये ४ जनामा मोतीविन्दुको समस्या देखिएको थियो।

    सो आश्रममा काठमाडौँका नदी किनाराको अव्यवस्थित बसोबास खाली गराउने क्रममा आफूलाई भूमिहीन भनेर लगत टिपाउने परिवारलाई राखिएको छ। थापाथली, गैरीगाउँ, मनोहरालगायतका नदी किनारामा बसोबास गर्ने व्यक्तिहरुलाई यस ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।

    आश्रम व्यवस्थापनको निरीक्षणका लागि प्रवक्ता नविन मानन्धरसहित कीर्तिपुर आश्रममा पुगेका बेला डंगोलसँग त्यहाँ रहेका भूमिहीन ज्येष्ठ नागरिकहरुले आँखा धमिलो देख्ने गरेको अवस्था सुनाउँदै उपचार गराइदिन तथा औषधि उपलब्ध गराइदिन माग गरेका थिए।

    त्यस लगत्तै कार्यवाहक प्रमुख डंगोलले, स्वास्थ्य विभागलाई आँखा परीक्षणको प्रबन्ध गर्न निर्देशन दिएकी हुन्। उनको निर्देशन पछि नेपाल आँखा अस्पतालसँग सहकार्य गरेर वैशाख २० गते आइतबार आँखा जाँच तथा उपचार शिविर आयोजना गरिएको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिए। शिविरमा बालबालिका, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबै उमेर समूहका व्यक्तिहरुको आँखा जाँच गरिएको थियो।

    अस्पतालका सामुदायिक कार्यक्रम संयोजक राम के. सी. का अनुसार जाँच गरिएकामध्ये ४ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था देखिएको थियो। यस्तै ११ जनालाई नजिकका अक्षर पढ्न चाहिने चस्माको आवश्यकता देखिएको थियो। आँखा सुख्खा हुने समस्या धेरैमा देखिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend