मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न पूर्वमहान्याधिवक्ताहरुसँग छलफल हुँदै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न पूर्वमहान्याधिवक्ताहरुसँग छलफल हुँदै

images
२०८३ बैशाख २३ गते, बुधवार
२०८३ बैशाख २३ गते, बुधवार
  • काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बहसपत्र तयार गर्न आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन भएको थियो। सो कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको हो।

    images

    आज दिउँसो ३ः ०० देखि ५ः ०० बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल आयोजना गरिएको कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले जानकारी दिए।

    सुवेदीका अनुसार छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने छ। सुझावका आधारमा बहसपत्र तयार गरिने छ।

    कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरू तथा अन्य क्षेत्रका विज्ञहरुसँग पनि संविधान संसोधनका विषयमा छलफल र परामर्श गर्दै आइरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend