मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एउटा मोबाइलको `म्यासेज´ले चोरी हुन सक्छ तपाइँको बैंकमा रहेको पैसा

एउटा मोबाइलको `म्यासेज´ले चोरी हुन सक्छ तपाइँको बैंकमा रहेको पैसा

images
२०८३ बैशाख २३ गते, बुधवार
२०८३ बैशाख २३ गते, बुधवार
  • काठमाडौँ। ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश आइरहेको छ? होस् गर्नुहोला, तपाइँको बैंक खाताबाट रकम चोरी हुन सक्छ।

    images

    मोबाइलबाट यस्ता सन्देश पठाएर पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटना बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images

    ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ।

    ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा भनिएको छ।

    उक्त सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन्। प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण सङ्कलन गरी बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ।

    ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरू पनि दिएको छ। ब्युरोले शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्न, बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्न, आफ्ना गोप्य बैङ्किङ विवरण कसैसँग पनि साझा नगर्न तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैङ्कमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।

    साइबर अपराधको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले भनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend