काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।




