काठमाडौँ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि भएको निर्वाचनमा पदाधिकारी तर्फ प्रजातान्त्रिक समूहको नेतृत्व गरेका डा. बद्री रिजाल समूहले क्लिन स्वीप गर्ने पक्का भएको छ।
मतगणना अझै जारी छ। कुल ७ हजार १०१ मत खसेकोमा हालसम्म ६ हजार ७१५ मत गणना हुँदा पदाधिकारीतर्फ डा. बद्रीको समूहको जित सुनिश्चित देखिएको हो। गणना आज सकिने र आजै परिणाम सार्वजनिक हुनेछ।
नयाँ नेतृत्व चयनका लागि दुई चरणमा गरि निर्वाचन सम्पन्न भएको थियो। हालसम्मको गणनामा डा. बद्री रिजालले अग्रता कायम राख्दै डा. मंगल रावललाई पछि पारिरहेका छन्।
संघको नयाँ नेतृत्व चयन गर्न वैशाख १८ र १९ गते काठमाडौँ उपत्यकामा मतदान सम्पन्न भएको थियो भने त्यस अघि वैशाख ४ र ५ गते उपत्यका बाहिर मतदान भएको थियो।
संघको नेतृत्वका लागि निर्वाचनमा डा. रिजाल, डा. रावल र डा. नारायण भुषालको तीन वटा प्यानल प्रतिस्पर्धामा छ। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा डा. रिजालले हालसम्म ३ हजार २१ मत पाएका छन् भने डा. रावलले २ हजार ७८४ मत पाएका छन्। यसैगरी भुसालले ८२३ मत पाएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्ष तर्फ डा. संजीव तिवारीले २ हजार ८४७ मत प्राप्त गर्दा डा. किर्तिपाल सुवेदीले २ हजार १८९ मत पाएका छन्। यस्तै डा. अजय कुमार मिश्रले १ हजार ३५६ मत पाएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा डा. संजीव तिवारीको जित पक्का भएको छ। उनी बद्री टिमबाट उम्मेदवार बनेका हुन्।
यसैगरी महासचिव पदमा पनि डा. बद्रीकै टिमका उम्मेदवार बलिया देखिएका छन्। सो पदमा डा. विश्वराज दवाडीले २ हजार ५७४ मत पाएका छन्। उनी डा. बद्री टिमका हुन्। यसैगरी डा. कालुसिंह खत्रीले २ हजार ३११, डा. र डा. अमृत भुसालले १ हजार ५५२ मत ल्याएका छन्।
कोषाध्यक्ष पदमा समेत डा. बद्री समुहका डा. संयुक्त आचार्यको जित पक्का भएको छ। उनले ३ हजार ४ मत पाएका छन भने उनी पछि रहेका डा.चाँदनी जयसवालले १ हजार ९९१ मत पाएकी छन्। यस्तै सोही पदका अर्का उम्मेदवार बिनोद कुमार महासेठले ९३१ मत पाएका छन्।
यसैगरी सहसचिव पदमा डा. हुलास अग्रवालको जित पक्का भइसकेको छ। उनी डा बद्री समुहका उम्मेदवार हुन्। उनले ३ हजार ३३९ मत पाएका छन्। सोही पदमा उम्मेदवार बनेका डा. रम जीवन प्रसादले १ हजार ४७४ र डा. सन्तोष अधिकारीले १ हजार ३१४ मत पाएका छन्।
यस्तै सहकोषाध्यक्ष पदमा डा तेज्सुसिंह मल्लले ३ हजार ९२, डा सुवास गुरुङले २ हजार १७७ र डा राजकुमार दंगालके ८०२ मत पाएका छन्। डा मल्ल डा बद्री समुहबाट उम्मेदवार बनेका हुन्।
निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको थियो। यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो।
संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था



