काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।
यसअघि वैशाख २० गते सो अध्यादेश राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भन्दै मन्त्रीपरिषद्मा फिर्ता पठाएका थिए।
सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति पौडेलले सो अध्यादेशसमेत मंगलबार जारी गरेका हुन्।
मन्त्रीपरिषद्ले सिफारिस गरेका अन्य सात अध्यादेश भने राष्ट्रपति पौडेलले जारी गरिसकेका छन्।




