मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक संघ निर्वाचन : अध्यक्ष पदमा डा. मंगलको अग्रता कायमै, महसचिवमा संजीव अघि

चिकित्सक संघ निर्वाचन : अध्यक्ष पदमा डा. मंगलको अग्रता कायमै, महसचिवमा संजीव अघि

images
२०८३ बैशाख २१ गते, सोमवार
२०८३ बैशाख २१ गते, सोमवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी छ।

    images

    नयाँ नेतृत्व चयनका लागि दुई चरणमा गरि भएको निर्वाचनमा कुल ७ हजार १०१ मत खसेको थियो। हालसम्मको गणनामा डा. मंगल रावलले अध्यक्ष पदमा अग्रता कायम राखेका छन्। उनलाई डा. बद्री रिजालले पछ्याउँदै छन्।

    images

    संघको नयाँ नेतृत्व चयन गर्न वैशाख १८ र १९ गते काठमाडौँ उपत्यकामा मतदान सम्पन्न भएको थियो भने त्यस अघि वैशाख ४ र ५ गते उपत्यका बाहिर मतदान भएको थियो। हालसम्म ३ हजार ५८९ मत गणना भएको छ।

    संघको नेतृत्वका लागि निर्वाचनमा डा. रिजाल, डा. रावल र डा. नारायण भुषालको तीन वटा प्यानल प्रतिस्पर्धामा छ। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा डा. रावलले अहिलेसम्म १ हजार ६१४ मत पाएका छन् भने डा. रिजालले १ हजार ५१६ मत पाएका छन्। यसैगरी भुसालले ४१८ मत पाएका छन्।

    यसैगरी वरिष्ठ उपाध्यक्ष तर्फ डा. संजीव तिवारीले १ हजार ३५५ मत प्राप्त गर्दा किर्तिपाल सुवेदीले १ हजार २४५ मत पाएका छन्। यस्तै डा. अजय कुमार मिश्रले ८२७ मत पाएका छन्।

    महासचिव पदमा भने डा. कालुसिंह खत्रीले १ हजार ३५२ , डा. विश्वराज दवाडीले १ हजार २४२ र डा. अमृत भुसालले ८२८ मत ल्याएका छन्। अहिले पनि मतगणना जारी छ।

    निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको थियो। यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो।

    संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। जस अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend