मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक संघ निर्वाचन : कुल ७ हजार १०२ मत खस्यो, गणना सुरु गर्ने तयारी

चिकित्सक संघ निर्वाचन : कुल ७ हजार १०२ मत खस्यो, गणना सुरु गर्ने तयारी

images
२०८३ बैशाख १९ गते, शनिवार
२०८३ बैशाख १९ गते, शनिवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचनमा देशभर गरी कुल ७ हजार १०२ मत खसेको छ। संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि दुई चरणमा गरि निर्वाचन सम्पन्न भएको हो।

    images

    संघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा मतदान थियो। जस अन्तर्गत काठमाडौँ उपत्यकामा कुल २ हजार ८५८ मत खसेको छ। यसैगरी उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको थियो।

    images

    उपत्यका बाहिर गत ४ र ५ बैशाखमा पहिलो चरणमा मतदान सम्पन्न भएको थियो। यसपटकको निर्वाचनमा कुल १६ हजार १०० चिकित्सक मतदानका लागि योग्य मानिएका थिए। यसपटक खसेको मत कुल सदस्य संख्याको ४४.११ प्रतिशत हो।

    केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले मतगणनाको तयारी भइरहेको र केही प्राविधिक काम जारी रहेको जानकारी दिए। उनका अनुसार आजै रातिदेखि मतगणना सुरु हुनेछ।

    निर्वाचन समितिका अनुसार उपत्यका बाहिर २२ वटा मतदान केन्द्र तोकिएको थियो। जसमध्ये सबैभन्दा बढी ५४८ मत चितवनमा खसेको थियो।

    यस्तै कोशीमा ५२५ र गण्डकीमा ४६६ मत खसेको थियो। सबैभन्दा कम मत डडेल्धुरा केन्द्रमा खसेको थियो। सो केन्द्रमा १८ मत खसेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

    संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। संघको नेतृत्वका लागि यस पटकको निर्वाचनमा तीन वटा प्यानल निर्वाचनमा होमिएको थियो।

    संघको नेतृत्वका लागि निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल प्यानल बनाएरै मैदानमा भिडेका थिए। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ। 

    संघको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend