मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यकातर्फ पहिलो दिन १२ सय २३ मत खस्यो

नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यकातर्फ पहिलो दिन १२ सय २३ मत खस्यो

images
२०८३ बैशाख १८ गते, शुक्रवार
२०८३ बैशाख १८ गते, शुक्रवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघको काठमाडौँ उपत्यका तर्फको निर्वाचन अन्तर्गत शुक्रबार पहिलो दिनको मतदानको निर्धारित समय भित्र १२ सय २३ मत खसेको छ।

    images

    काठमाडौँ उपत्यकाका लागि तोकिएको दोस्रो चरणको निर्वाचन अन्तर्गत शुक्रवार र शनिबारका लागि मतदान तोकिएको थियो। बिहान ८ बजेदेखि सुरु मतदान साँझ ६ बजेसम्म जारी रहेको र शनिबार पनि सोही समय सम्म मतदान हुनेछ।

    images

    केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यका अनुसार काठमाडौं उपत्यकामा दुई दिनसम्म हुने मतदानअन्तर्गत पहिलो दिन १२ सय २३ मत खसेको हो।

    केन्द्रीय निर्वाचन समितिका अनुसार संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि बैशाख ४ र ५ गते काठमाडौँ उपत्यका बाहिर सम्पन्न निर्वाचनमा पहिलो दिन १ हजार ९४२ र दोस्रो दिन २ हजार ३०२  गरि कुल ४ हजार २४४ मत खसेको थियो।

    निर्वाचन समितिका अनुसार उपत्यका बाहिर २२ वटा मतदान केन्द्र तोकिएको थियो। जसमध्ये सबैभन्दा बढी ५४८ मत चितवनमा खसेको निर्वाचन समितिले जनाएको छ।

    यस्तै कोशीमा ५२५ र गण्डकीमा ४६६ मत खसेको थियो। सबैभन्दा कम मत डडेल्धुरा केन्द्रमा खसेको हो। सो केन्द्रमा १८ मत खसेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

    संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। संघको नेतृत्वका लागि यस पटकको निर्वाचनमा तीन वटा प्यानल निर्वाचनमा होमिएको छ। 

    नेतृत्वका लागि निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल प्यानल बनाएरै मैदानमा भिडेका छन्। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ। 

    संघको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।

    प्रमुख निर्वाचन अधिकृत शाक्यका अनुसार मतगणना मतदान सकिएसँगै सुरु हुने छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend