मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँ उपत्यकामा मतदान सुरु

चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँ उपत्यकामा मतदान सुरु

images
२०८३ बैशाख १८ गते, शुक्रवार
२०८३ बैशाख १८ गते, शुक्रवार
  • काठमाडौ। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि काठमाडौं उपत्यका भित्र मतदान सुरु भएको छ।

    images

    काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ८ बजेबाट काठमाडौँ उपत्यका अन्तर्गतको मतदान सुरु भएको संघका महासचिव डा. संजिव तिवारीले जानकारी दिए।

    images

    यसअघि नयाँ नेतृत्व चयन गर्न पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यका बाहिर तोकिएको मतदान सम्पन्न भइसकेको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु हुनेछ।   

    उपत्यकाको मतदान शुक्रबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुने र भोलि शनिबार पुन: सोही समयमा मतदान हुने केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए। 

    केन्द्रीय निर्वाचन समितिका अनुसार संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि बैशाख ४ र ५ गते काठमाडौँ उपत्यका बाहिर सम्पन्न निर्वाचनमा पहिलो दिन १ हजार ९४२ र दोस्रो दिन २ हजार ३०२  गरि कुल ४ हजार २४४ मत खसेको थियो।

    निर्वाचन समितिका अनुसार उपत्यका बाहिर २२ वटा मतदान केन्द्र तोकिएको थियो। जसमध्ये सबैभन्दा बढी ५४८ मत चितवनमा खसेको निर्वाचन समितिले जनाएको छ।

    यस्तै कोशीमा ५२५ र गण्डकीमा ४६६ मत खसेको थियो। सबैभन्दा कम मत डडेल्धुरा केन्द्रमा खसेको हो। सो केन्द्रमा १८ मत खसेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

    संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ। संघको नेतृत्वका लागि यस पटकको निर्वाचनमा तीन वटा प्यानल निर्वाचनमा होमिएको छ। 

    नेतृत्वका लागि निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल प्यानल बनाएरै मैदानमा भिडेका छन्। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ। 

    संघको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend