मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दर्ता नभएका क्लिनिकमा काम गर्ने चिकित्सकलाई काउन्सिलले कारबाही गर्ने

दर्ता नभएका क्लिनिकमा काम गर्ने चिकित्सकलाई काउन्सिलले कारबाही गर्ने

images
२०८३ बैशाख १७ गते, बिहिवार
२०८३ बैशाख १७ गते, बिहिवार
  • काठमाडौं। नेपाल मेडिकल काउन्सिलले बिना दर्ता संचालित स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्ने चिकित्सकलाई कारबाही गर्ने भएको छ।

    images

    काउन्सिलले बिहीबार सूचना जारी गर्दै लाइसेन्सवाला चिकित्सकले बिना दर्ता संचालनमा रहेका स्वास्थ्य संस्था वा क्लिनिकमा काम गरेकाे पाइए अनुशासनात्मक कारबाही गर्ने जनाएको हाे।

    images

    'दर्ता नभएको स्वास्थ्य संस्थामा आवद्द हुनु पेशागत आचार संहिता तथा कानूनकाे उलंघन मानिने हुँदा चिकित्सक दाेषी पाइएमा ऐनबमाेजिम कारबाही गरिनेछ', काउन्सिलको सूचनामा भनिएकाे छ।

    साथै आफ्नाे शैक्षिक याेग्यता, दर्ता स्थिति र प्रदान गर्ने सेवाकाे प्रकृतिकाे मेल खानेगरी मात्रै काम गर्न काउन्सिलले निर्देशन दिएकाे छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend