मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाली कांग्रेसको निर्णय : पूर्व कार्यवाहक सभापति पूर्णबहादुरको कार्वाही तामेलीमा, अर्का पूर्णलाई निलम्बन

नेपाली कांग्रेसको निर्णय : पूर्व कार्यवाहक सभापति पूर्णबहादुरको कार्वाही तामेलीमा, अर्का पूर्णलाई निलम्बन

images
२०८३ बैशाख १६ गते, बुधवार
२०८३ बैशाख १६ गते, बुधवार
  • काठमाडौँ। नेपाली कांग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुरको खड्कालाई गरेको कार्वाही तामेलीमा राखेको छ।

    images

    कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले खड्कालाई यसअघि सोधिएको स्पष्टीकरण फिर्ता नगरी तामेलीमा राख्ने निर्णय गरेको हो। कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठक समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, सानेपामा बसेको थियो।

    images

    अनुशासन समितिले २०८३ वैशाख २ गते पूर्व कार्यवाहक सभापति खडकालाई पदिय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधेको थियो।

    तर सम्मानित सर्बोच्च अदालतको मिति २०८३ वैशाख ४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले सो विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

    सर्वोच्च अदालतले त्यस दिन गगन कुमार थापा नेतृत्वमा रहेको कांग्रेसको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो।

    कांग्रेस अनुशासन समितिको आजकै दोस्रो निर्णयमा रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई जिल्ला सभापति पदबाट निलम्बन गरेको छ।

    निर्णयमा भनिएको छ, `केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख ७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टिकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३÷०१÷०८ गतेका दिन दिनु भएको स्पष्टिकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तवुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ।´

    यसैगरी बैठकले केन्द्रीय अनुशासन समितिको २०८२ चैत १८ गतेको निर्णय अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्लाबाट प्राप्त उजुरीहरुलाई छानविनबाट वर्गीकरण गर्ने कार्य सम्पन्न गरिएको जनाएको छ।

    बैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (१) बमोजिम अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाई) लिने निर्णय गरेको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend