मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यी क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित चट्याङ, असिना र वर्षाको सम्भावना

यी क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित चट्याङ, असिना र वर्षाको सम्भावना

images
२०८३ बैशाख १६ गते, बुधवार
२०८३ बैशाख १६ गते, बुधवार
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित वर्षाको पुर्वानुमान गरेको छ।

    images

    विभागले बुधबार (आज) साँझदेखि तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो।

    images

    विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।

    विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५ः४५ बजे तथा समाप्त हुने सम्भावित समय बिहीबार बिहान ७ः४५ बजे रहने जनाएको छ।

    पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको हो।

    प्रतिकूल मौसमका कारण जनजीवन, कृषि, यातायात तथा विद्युत् सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    यसैगरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले समेत सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend