मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रालयले सुरु गरेको १५ दिने 'पोषण लेखाजोखा अभियान' केहो?

स्वास्थ्य मन्त्रालयले सुरु गरेको १५ दिने 'पोषण लेखाजोखा अभियान' केहो?

images
२०८३ बैशाख १५ गते, मंगलवार
२०८३ बैशाख १५ गते, मंगलवार
  • काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गर्न अभियान थालेको छ।

    images

    मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले यो अभियानको सुरु गरेको हो।

    images

    यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (एमयुएसी) नापेर पोषणको स्थिति पत्ता लगाइने स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए।

    यस्तै कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (ओटीसी) मार्फत 'तयारी उपचारात्मक खाना' (आरयुटीएफ) निःशुल्क उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अभियान बैशाख १५ गतेदेखि बैशाख ३० गतेसम्म संचालन हुनेछ।

    अभियान स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुनेछ।

    बालबालिकाहरुमा मध्यमसिघ्र कुपोषण र कडाशिघ्र कुपोषण पाइएको बताइन्छ। मध्यमशिघ्र कुपोषण ३० देखि ४० प्रतिशत र कडाशिघ्र कुपोषण एक प्रतिशत बालबालिकामा पाइएको छ। मध्यमशिघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने, लुरे तथा कडाशिघ्र कुपोषण बालबालिका ख्याउटे, करङ देखिने खालको हुने गर्दछन्।

    स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई कुपोषणबाट जोगाई स्वस्थ भविष्य सुनिश्चित गर्नका लागि राष्ट्रिय अभियानमा सहभागी भई नियमित पोषण जाँच गराउन सबै अभिभावकहरूमा अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend