मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जलेका गाडीका नाममा इन्धन लिंदै स्वास्थ्य मन्त्रालयका कर्मचारी, सवारीसाधनको पनि दुरुपयोग

जलेका गाडीका नाममा इन्धन लिंदै स्वास्थ्य मन्त्रालयका कर्मचारी, सवारीसाधनको पनि दुरुपयोग

images
२०८३ बैशाख १५ गते, मंगलवार
२०८३ बैशाख १५ गते, मंगलवार
  • काठमाडौँ। गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी भएर जलेका स्वास्थ्य मन्त्रालयका सवारीसाधनका नाममा पनि कर्मचारीले इन्धन लिने गरेको खुलासा भएको छ।

    images

    आन्दोलनमा भएको प्रदर्शनका क्रममा मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ वटा गरी कुल २४ वटा गाडी जलेर पूर्णरुपमा क्षती पुगेको थियो।

    images

    ती सवारीसाधन मध्ये केहीको नम्बर उल्लेख गरेर मन्त्रालयका कर्मचारीले इन्धन सुविधा लिएपछि यो विषयले मन्त्रालयमा तहल्का मच्चिएको छ। 

    जलेका गाडीको नाममा इन्धन लिने गरेको सूचना पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले छानबिनका लागि निर्देशन दिएकी छिन्।

    उनले सुरुमा आफू निकट कर्मचारीमार्फत यो विषयबारे जानकारी पाएकी थिइन् भने त्यसपछि सचिवालयका कर्मचारीलाई गोप्य रुपमा बुझ्न लगाएकी थिइन्।

    सो क्रममा कैफियत फेलापरेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन्। उनले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएको सचिव शर्माले जानकारी दिए।

    यसैबीच मन्त्री मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयका दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय झिकाउन निर्देशन दिएकी छिन्। दुवै मन्त्रालयमा सवारीसाधनको सुविधा नपाउने कर्मचारीले पनि सवारीसाधन लिंदै आएको सूचनापछि मन्त्री मेहताले दुरुपयोग गरिएका सवारीसाधन तान्न भनेकी हुन्।

    त्यसअघि उनले मन्त्रालय मातहत रहेका सवारीसाधनको विवरण मागेकी थिइन्। सो क्रममा संख्या धेरै देखिएको तर गाडी नभएको पाइएपछि उनले दुरुपयोग विरुद्ध कदम चालेकी हुन्। मन्त्री मेहताको निर्देशनपछि केही सवारीसाधन फिर्ता गरिसकिएको छ। फिर्ता ल्याइएका सवारीसाधन मन्त्रालयमा राखिएको छ।

    कानुन अनुसार, सह-सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था छ। तर अन्य तल्लो तहका कर्मचारीले समेत पहुँचका भरमा सुविधा लिंदैं सवारीसाधन दुरुपयोग गर्दै आइरहेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend