मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिउँसो सातै प्रदेशमा हल्का वर्षा, राति कोशी र गण्डकीमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

दिउँसो सातै प्रदेशमा हल्का वर्षा, राति कोशी र गण्डकीमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

images
२०८३ बैशाख १५ गते, मंगलवार
२०८३ बैशाख १५ गते, मंगलवार
  • काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। साथै गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी परिरहेको छ।

    images

    आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। 

    यस्तै कोशी प्रदेशको धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend