काठमाडौं। नेपाली कांग्रेसले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको छ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमार्फत कांग्रेसले समानुपातिक सांसद भिष्मराज आङ्दाम्बेलाई सर्वसम्मत रुपमा संसदीय दलको नेत चयन गरेको हो। पाँचथरका स्थानीय उनी कांग्रेसका पुर्व सहमहामन्त्रीसमेत हुन्।
यसैगरी कांग्रेसले दलको प्रमुख सचेतक र सचेतकसमेत चयन गरेको छ। प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई चयन भएका हुन्।
यसअघि संसदीय दलको नेता चयन गर्ने विषयमा सहमति नजुट्दा निर्वाचन कार्यक्रम नै अघि बढ्न सकेको थिएन।
तर सभापति गगन कुमार थापाले आफैँ सहमतिको प्रयास गरेपछि दलको नेता सर्वसम्मत चयन भएको हो।



