काठमाडौँ। राजधानीका सुकुमबासी बस्तीमा जथाभावी बनाइएका घरटहरामा आज पनि डोजर चलाइएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका संरचना भत्काएर जग्गा खाली गराउन सोमबार पनि डोजर परिचालन गरिएको हो। विहानैदेखि गैरीगाउँस्थित सुकुमबासी बस्तीमा दुई वटा डोजर परिचालन गरिएको छ।
यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घरटहर भत्काइँदै छ। आइतबार बिहानैदेखि मनोहरा खोला किनारका सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाइएको थियो।
यसैगरी गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै खाली गराइसकिएको छ। सरकारले सार्वजनिक स्थानमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन अभियान नै चलाइरहेको छ।



