काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डा. शशांक कोइराला र सुजाता कोइरालालाई दाँयाबाँया राखेर देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा केही बुद्धिजीवीहरुसँग छलफल गरेका छन्।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा आइतबार आयोजना गरेको छलफलमा कांग्रेसको आन्तरिक राजनीति, संसदीय दलको निर्वाचन, सरकारको कदम र प्रतिपक्षी दलको भुमिका लगायतका विषयमा बुद्धिजीवीसँग छलफल गर्दै राय लिएका थिए।

कांग्रेस संस्थापन पक्षले भोलि सोमबारका लागि कार्यसम्पादन समितिको बैठक डाकेको विषयमा पनि भेटघाटमा छलफल भएको एक सहभागी नेताले जानकारी दिए।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन्जी युवाहरु अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए।
दिउँसो १ बजे देखि ४ बजेसम्म भएको उक्त छलफलमअन्य नेताहरू ल, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी थिए।




