मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा

दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा

images
२०८३ बैशाख १३ गते, आइतवार
२०८३ बैशाख १३ गते, आइतवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गरेको छ।

    images

    अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो।

    images

    अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुख्ने समस्या भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, चोटपटक लागेका १ जना र अन्य समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको महानगरपालिकाले जनाएको छ।

    यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन्। 

    सुकुम्बासी वस्तिबाट हटाउँदा केहीलाई पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेल्ने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend