काठमाडौँ। भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती खाली गराउन आज बिहानैदेखि डोजर चलाइएको छ।
शनिबार साँझ देखिनै मनोहराको सुकुम्बासी वस्ती खाली गराउने योजना भएपनि त्यहाँ पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको थियो भने केही प्रहरी घाइते भएका थिए।
तर आज बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएर डोजर चलाउन सुरु गरिएको हो।
थापाथलीस्थित बागमती किनारको सुकुम्बासी वस्ती भने शनिबार नै खाली गराइएको छ। सो स्थानमा सौहार्दपुर्ण रुपमा अतिक्रमित वस्ती खाली गराइएको प्रहरीले जनाएको छ। त्यहाँ वस्ती खाली गराउँदा सुकुम्बासीको सामान ओसार्न प्रहरीलेसमेत सहयोग गरेका थिए।



