काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई शुक्रवार पक्राउ गरेको हो।
सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीले बताए।
पाण्डे कालिका कन्स्ट्रक्सनका संचालक हुन्। पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो।
उनी २०७९ सालमा सहरी विकाश मन्त्री भएका थिए। त्यसअघि उनी भुमी सुधार मन्त्री पनि बनेका थिए।



