मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विदेशी राहदानी र नागरिकता लिएका १७ जना चिकित्सकको नाम दर्ता खारेज, कोको परे?

विदेशी राहदानी र नागरिकता लिएका १७ जना चिकित्सकको नाम दर्ता खारेज, कोको परे?

images
२०८३ बैशाख ११ गते, शुक्रवार
२०८३ बैशाख ११ गते, शुक्रवार
  • काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएका १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ।

    images

    उनीहरूले विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि काउन्सिलले आफ्नो दर्ता किताबमा दर्ता रहेको नाम दर्ता खारेज गरिएको बारे शुक्रबार सूचना प्रकाशित गर्दै जानकारी गराएको हो।

    images

    नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको सूचनामा उल्लेख छ। यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको काउन्सिलले जनाएको छ।

    दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत (ब्रिटिश), अमेरिका (अमेरिकी), अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको काउन्सिलले जनाएको छ। नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा.रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा.मेरिना गुरुङ, डा.निरन्जन देव पाण्डे, डा.रोजन केसी, डा.ममता गुरुङ, डा.राजिब हमाल र डा.सलुजा सिंह थारू छन्।

    यसैगरी डा.सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा.दिपेन ढकाल र डा.तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।

    नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend